काठमाडौँ – प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। बैठकले प्रत्येक स्थानीय तहमा मल भण्डारण स्थल निर्माण गर्न तथा वितरण प्रक्रियामा सम्बन्धित जिल्लाका प्रमुख जिलला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ।
समितिले मलको आयात तथा वितरणमा संलग्न रहेका संस्थाहरुको कोटा प्रणालीसमेत पुनरवलोकन गर्न निर्देशन दिएको छ।

