काठमाडौँ– रसुवा बाढीमा परी मृत्यु भएका अधिकांश व्यक्तिहरूको पहिचान हुन सकेको छैन।

शुक्रबार दिउँसो १२ बजेसम्म ४ सय ७७ जना मृत फेला परेकामध्ये ३ सय ९६ जनाको पहिचान हुन बाँकी रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणकाअनुसार ८१ जनाको भने पहिचान भएको छ र शव आफन्तले बुझिसमेत सकेका छन्। बाँकी ३ सय ९६ जनाको शव देशका विभिन्न अस्पतालमा राखिएको छ।

यद्यपि आफन्ताहरू भने तस्बिर लिएर विभिन्न अस्पतालमा खोजीका लागि पुगिरहेका छन्।

यी हुन पहिचान नभएका शवहरू राखिएका अस्पतालहरू

Share