काठमाडौ‌ं- भोटेकोशी बाढी पछि आएको विपत्तीका कारण विभिन्न विश्वविद्यालयहरुले तोकेको परिक्षा स्थगित गरेका छन्। पूर्वाञ्चल विश्व विद्यालयले आजका लागि तोकेको परिचा अर्को सूचना नभए समम्का लागि स्थगित गरेको जनाएको छ।

त्यस्तै सूदुरपश्चिम विश्वविद्यालयले छात्रबृतिका लागि लिन लागेको परिक्षा अर्को सूचना नभए सम्मका लागि स्थगित गरेको जनाएको छ।

त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयले आजका लागि तय भएका सम्पूर्ण परिक्षाहरु स्थगित गरिएको जनाएको छ। उसले अर्को सूचना नभए सम्मका लागि परिक्षा स्थगित गरेको जनाएको हो।

Share