२८ चैत, काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले एकीकृत जाँच चौकी वीरगञ्जबाट निस्कने मालबाहक ट्रकहरूबाट उठाइँदै आएको ‘ढाट’ रकम तत्काल रोक्न निर्देशन दिएका छन् ।सांसद पन्तले प्रमुख जिल्ला अधिकारी भोला दहालसँग समन्वय गरी दिनमा बन्द राख्ने र राति पुन: खोल्ने गरिएको पाएकाले तुरुन्तै बन्द गर्न निर्देशन दिएका हुन् ।
मालबाहक ट्रकहरूबाट ‘ढाट’ नामक रकम रोक्न केन्द्रबाट पटक–पटक निर्देशन पनि आएको थियो।
उक्त विषय कार्यान्वयन नभएपछि सांसद पन्तले पुन: आपत्ति जनाएका हुन्।
सांसद पन्तले कानुन विपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन नपाइने स्पष्ट पारे । उनका अनुसार, भन्सार कार्यालयबाट बाहिरीने मालबाहक बाहनबाट ‘ढाट’ को नाममा विभिन्न स्थानमा घुम्ती राखेर उठाइँदै आएको रकमलाई संघीय र स्थानीय तह दुवैबाट कर लगाउने अधिकार छैन।
व्यवसायीहरूले लामो समयदेखि यस विषयमा गुनासो गर्दै आएका थिए। श्रोत:- अनलाइन खबर

