अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अभियोगमा संलग्न दुईजना मानिसहरू पक्राउ :

मिति २०८२।०१।२० गते अं.१५:०० बजेको समयमा नामथर वतन परिवर्तित ३४ जिल्ला बरैनिया ०८१/०८२ (क) लाई आफ्नै बाख्रा गोठबाट बाख्राहरू बाँधी घर फर्कने क्रममा दुई जना अज्ञात व्यक्तिहरूले बीच बाटोमै घेरा हाली जोर जुलुम गरी पीडितको मुखमा कपडाको बुझो लगाइ आँखामा कालो पट्टी बाँधी बसपार्क स्थित रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगी कोठा बन्द गरी पालै-पालो जबरजस्ती करणी गरी मिति २०८२।०१।२३ गते विहान ०८:०० बजेको समयमा जिल्ला पर्सा घडिअर्वा पोखरीको गल्लीमा एक्लै रगतामै अवस्थामा छाडी भागी फरार भएको भनी समेत व्यहोराको पीडित नामथर वतन परिवर्तित ३४ जिल्ला बरैनिया ०८१/०८२ (क१) को किटानी जाहेरी दरखास्तको आधारमा सो कार्यमा संलग्न रही वारदात पश्चात फरार रहेका निम्न नामथर वतनका व्यक्तिहरूलाई मिति २०८२।०४।२० गते अं.१३:१० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चोक स्थितबाट पक्राउ गरी यस कार्यालयमा ल्याइ अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-५ ( पाँच ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको । जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ विवरण :
१.जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.२ सिसियारी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.१३ राधेमाई स्थितमा नेक मोटरसाईकल वर्कशपका सञ्चालक वर्ष अं.४० को नेक महमद ।
२. जिल्ला रौतहट घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थितमा रहेको नेक मोटरसाईकल वर्कशपमा काम गर्ने वर्ष अं.२१ को अफताब अन्सारी । श्रोत:- जिल्ला प्रहरी कार्यालय पर्सा

