लागु औषध सहित एक जना मानिस पक्राउ :-


मिति २०८२।०४।१० गते अं.१८:३० बजेको समयमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.१ धोरे स्थित सडकखण्डमा भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रूपमा एक जना अपरिचित व्यक्ति पैदल हिंडिरहेकोमा यस कार्यालय मातहत प्रहरी चौकी धोरे पर्साबाट खटिएको नियमित चेकिङ टोलीले उक्त व्यक्तिलाई रोकी कानूनी रितपूर्वक खानतलासी गर्दा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.२ मधुबनी बस्ने वर्ष २२ को दिलिप कुमार सहनीले निलो रंगको झोलामा आलु, प्याजभित्र लुकाइ छिपाइ राखिएको Buprenorphine Injection I.P. 2ml NOOPHIN लेखिएको 150 एम्पुल, DIAZEPAM Injection I.P लेखिएको 150 एम्पुल र

Promethazine Hydrochloride Injection I.P. PHENERGAN लेखिएको 150 एम्पुल गरी जम्मा ४५० (चार सय पचास) एम्पुल लागु औषध फेला परेको हुँदा। निज दिलिप कुमार सहनीलाई बरामद लागु औषध सहित नियन्त्रणमा लिइ यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय पोखरिया। पर्सामा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको ।
पक्राउ विवरण :
१) जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.२ मधुबनी बस्ने वर्ष २२ को दिलिप कुमार सहनी ।
बरामद सामाग्रीः
Buprenorphine Injection I.P. 2ml NOOPHIN लेखिएको 150 एम्पुल, DIAZEPAM Injection I.P लेखिएको 150 एम्पुल र Promethazine Hydrochloride Injection I.P. PHENERGAN लेखिएको 150 एम्पुल गरी जम्मा ४५० (चार सय पचास) एम्पुल ।

Share