प्रहरी कर्मचारीमा जागिरप्रतिको मोह घट्दै गएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार भेटघाटका क्रममा प्रस्तुत गरेको तथ्यांकले सोही कुरा देखाएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले प्रस्तुत गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ३६९ जनाले राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा दिनेहरूमा कार्यालय सहयोगीदेखि प्रहरी अधिकारीसम्मका छन् ।

