झापा- झापाको बिर्तामोड- १०, पथरभिट्टामा आइतबार राति मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५३ वर्षीय पुष्प पोखरेल रहेका छन्।
बेलुका करिब ८ बजेतिर पोखरेलले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नका लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेललाई उनका छिमेकी भवानी घिमिरेले उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएका थिए। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
पोखरेल घरमा एक्लै बस्ने गरेका थिए भने उनको परिवार पाँचथरमा बस्ने गरेको बुझिएको छ।
घटनाबारे थप अनुसन्धान अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

