काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको हो।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
साथै, आज मन्त्रीहरूसँग सांसदहरूले प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

