काठमाडौँ– नेकपा माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ।

प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकको पदपूर्तिका लागि खोलिएको विज्ञापन त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउन माग गर्दै अखिल क्रान्तिकारीले त्रिविका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र त्रिवि सेवा आयोगका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको हो।

यसअघि सोही विषयमा विश्वविद्यालयमा ताला लगाएको थियो। तर अदालतले त्रिविमा लगाइएको ताला खोल्न अन्तरिम आदेश दिएपछि अखिल क्रान्तिकारीले ताला खोले पनि फेरि पदाधिकारीलाई विश्वविद्यालयको हाताभित्र प्रवेशमै रोक लगाएको हो।

Share