मिति:-२०८२।०३।११ गते दिउँसो काठमाण्डौबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागु औषध चरेश लोड गरी ल्याएको छ भनी यस कार्यालय मातहत प्रहरी चौकी सिर्सिया पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई विशेष सूचना प्राप्त भई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रमा जाहेर पश्चात जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो नम्बरको ट्रकलाई खोजतलास गर्ने क्रममा ऐ.१९:३० बजेको समयमा क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डमा रोकी राखेको अवस्थामा फेला पारी ट्रक चालक जिल्ला मकवानपुर थाह नगरपालिका वडा नं.१२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ ट्रक तथा चालकको कानूनी रित पुर्याइ खानतलासी गर्दा उक्त ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोकामा ३१९ के.जी. फेला परेको र चालक बुद्धी बहादुर स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा नेपाली रू.१,९२,००० ( एक लाख बयानब्बे हजार ) समेत फेला परेकोले उल्लेखित नम्बरको मालबाहक ट्रक र बरामद लागु औषध चरेश सहित निज बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-५ पाँच म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको।

पक्राउ विवरणः जिल्ला मकवानपुर थाह नगरपालिका वडा नं.१२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तान बाट बरामद सामाग्री लागु औषध चरेश ३१९ के.जी. नेपाली साथै रू.१,९२,००० एक लाख बयानब्बे हजार रुपैयाँ नगद र प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रक सहित १ थान मोबाइल बरामद गरीएको छ।


