वीरगञ्ज । पर्सा जिल्लामा हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनको रूपमा हिन्दु पत्रकार सङ्घको जिल्ला कार्यसमिति गठन भएको छ ।सङ्गठन हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारिताको माध्यमबाट हिन्दु समुदायको अधिकार र आवाजलाई मजबुत बनाउने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो ।विशेष गरी धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि हुने प्रहारहरूको विरोध गर्दै सनातन मूल्य–मान्यताको रक्षा गर्नु यसको प्रमुख लक्ष्य रहेको नवगठित समितिका पदाधिकारीहरूले बताएका छन् ।

वीरगञ्जस्थित क्लासिक ब्यानक्वेटमा आइतबार आयोजित पत्रकारहरूको विशेष भेलाबाट सञ्चारकर्मी राजन रौनियारको अध्यक्षतामा समिति गठन गरिएको हो । सङ्घको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन् ।यस्तै, सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्णवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया, त्रिलोकी पटेल लगायतका पत्रकारहरू रहेका छन् ।

Share