काठमाडौं-  फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बिहीबार इमेल लेखी कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले बिहीबार अपराह्न इमेल लेखेर विवरण माग गरेका हुन्।

मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई बिहीबार पौने पाँच बजे इमेल गरेर कागजातको विवरण माग गरेका हुन्।

ठाकुरका अनुसार मेटाका प्रतिनिधिले बिहीबार अपराह्न सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङका विज्ञ सल्लाहकार पराजुलीलाई इमेल गरेर दर्ताका लागि कागजातको विवरण मागेका हुन्।

‘हामीले तत्काल विवरण पठाइसकेका छौँ,’ ठाकुरले भने।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दर्ता तथा सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

Share