काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्।आज प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्‌मा रिक्त रहेको पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरिएको हो

।मुख्यमन्त्री बानियाँले आज रसुवाका प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन्।त्यसैगरी सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे , संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौडेल र युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाललाई नियुक्त गरेका हुन्।

Share