काठमाडौँ- रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिने भएको छ।अदालतले उनलाई जेल सार्न निर्देशन दिए पनि गृहमन्त्री रमेश लेखकको निर्देशनमा रोकिँदै आएको थियो।यसको आलोचना भएपछि लामिछानेलाई नख्खु कारागारमा स्थानान्तरण गर्नका लागि रुपन्देही कारागारलाई पत्र लेखेको कारागार व्यवस्थापन विभागले जानकारी दिएको छ।विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार लामिछानेको निवेदनअनुसार उनलाई नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार गरिएको हो।

Share