काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले चुनावको बेलामा मात्रै प्रतिस्पर्धा गर्ने र अन्य समयमा मुलुकको विकासका काममा साझा प्रयास गर्न आह्वान गरेका छन् । बुधबार राष्ट्रियसभामा नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन ।

