डोल्पा- डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका- ३ स्थित धूपीचौरमा ठूलीभेरी नदीमा फसेका ४ जना स्थानीय बासिन्दाहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

आज दाउरा संकलनको क्रममा ती स्थानीयहरू अचानक बढेको नदीको बहावका कारण नदीको बिचमा फसेका थिए। घटनापछि उद्धार कार्यका लागि नेपाली सेनाको संग्राम शार्दुल गुल्म, डोल्पाबाट एक टोली खटाइएको थियो।

सेनाको उक्त टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरूको सक्रिय सहयोगमा ती व्यक्तिहरूलाई सुरक्षित रुपमा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको सेनाले जनाएको छ।

Share