रसुवा- गोसाइकुण्ड गाउँपालिका- ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइकुण्डमा नुहाउने क्रममा डुबेर हराएका दुई जनाको शव नेपाली सेनाले फेला पारेको छ।

शुक्रबार भएको उक्त घटनापछि हराएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले स्थानीय स्रोतसाधनको प्रयोग गरी शवहरू कुण्डबाट निकाल्न सफल भएको हो।

सेनाले उद्धार गरेको शव नेपाल प्रहरीले बुझ्ने तयारीमा रहेको जानकारी दिएको छ।

गोसाइकुण्ड हराउने घटनामा सुरक्षाका निकायहरूले संयोजनमा खोज तथा उद्धार कार्य जारी राखेका थिए।

Share