झापा – सुनसरीको हरिनगर गाउँपालिका–६ मा आइतबार मध्यरातमा एक युवतीको गोली हानी हत्या भएको छ।

हरिनगर गाउँपालिका–६ निवासी ४० वर्षीय गफार मियाकी १८ वर्षीया छोरी अर्सी खातुनलाई राति करिब १:३० बजे घरमा सुतिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरिएको हो।

प्रहरीका अनुसार, खातुनका भिनाजु, भारतको अररिया जिल्ला पत्रा ग्रामपञ्चायत बस्ने २७ वर्षीय अजाद मियाले उनको कन्चटमा गोली हानी हत्या गरेर फरार भएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share