२२ असार, काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु सुवेदी बस्नेतले शिक्षा समितिको बैठक रोकेर समय मागिनुमा अरु नै धन्दा र षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएकी छिन् । उनले आइतबारको समिति बैठकमा बोल्‍दै यस्तो गम्भीर आरोप लगाएकी हुन् ।

उनले भनिन्, ‘समितिको बैठक जति बैठक बसिरहेको छ । कहिले स्थगित र समयको माग हुनुको कारण बुझ्न सकिएन । यो बैठक रोकेर अरु नै धन्दा र षड्यन्त्र भइरहेको मलाई अनुभूति भइरहेको छ ।’

उनले विद्यालय शिक्षा विधेयकमा पाँच दिन बसेर ६०/४० त मिलिसकेको अवस्थामा फेरि समय मागिनु राम्रो संकेत नभएको बताइन् । आफूहरूले
शिक्षक महासंघको कुरा गम्भीर रुपमा लिएको समेत उनको भनाइ छ ।

उनले समितिको बैठकमा दलको भूमिकालाई जसरी अरू दलका माननीय सदस्‍यले राख्‍ने कुरा उचित नभएको गुनासो गरिन्।

‘दलमा आफ्नो भूमिकालाई समितिमा राख्ने मान्य हुँदैन,’ उनले भनिन्, ‘ शिक्षक महासंघको कुरा गम्भीर रुपमा राखेका छौं।’

उनले अहिले इसीडी शिक्षकको बारेमा के भयो ? द्धन्द्ध पीडित शिक्षकको बारेमा के भयो ? भन्‍दै समिति बैठकमा प्रश्‍न गरिन् ।

विद्यालय शिक्षा विधेयकलाई अघि बढाउने गरी यही समितिमा छलफल गर्नुपर्ने उनले माग गरिन् ।

Source :- OnlineKhabar

Share