तेलंगनाको एउटा दबाइ उत्पादन गर्ने केमिकल फ्याक्ट्रीमा भएको विष्फोटका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगको छ।

संगारेड्डीका एसपी परितोष पंकजे विष्फोट र क्षतिको जानकारी दिएका हुन्।

घटना बिहान भएको थियो। यसअघि मृत्यु संख्या ३४ रहेको पीटीआई समाचार एजेन्सीले जानकारी दिएको थियो।

हिन्दुस्तान टाइम्सले मृतकको संख्यामा वृद्धि भएको र त्यो संख्या थप बढ्न सक्ने जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नेशनल रिलिफ फन्डबाट मृतकका परिवारलाई जनही २ लाख दिने र घाइतेहरुलाई ५० हजार नगद दिने बताएका छन्।

Share