बिरगंज, असाढ़ १३। जिल्ला प्रशासन कार्यालय पर्सा का प्रमुखकाे भुमिका प्रशंसनिय रहेकाे बिना विवाद आज बिरगंजकाे गहवा माई रथ यात्रा शान्तिपुर्ण ढंगले सम्पन्न भएको छ। आज असार १३ गते बिरगंजमा रहेकाे गहवा माई काे तेस्रो रथ यात्रा गहवा माई माईस्थान देखी घण्टाघर रेलवे रोड हुँदै ईदगाह चोक छपकैया बिर्ता मन्दिर आदर्शनगर घडिअर्वा पोखरी पोखरी हुँदै पुन गहवा माई मन्दिर सम्म सम्पन्न भएको थियो।

आज सम्म को इतिहासमा यस किसिमकाे शान्ति पुर्ण रथ यात्रा आज सम्म बिना बिवाद रथ यात्रा अथवा राम नवमी हनुमान जयन्ती जस्तो पर्वमा बिना बिवाद रेल्ली सम्पन्न भएको थिएन। यस यात्रा लाई सफल बनाउन विशेष भुमिका भने पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका गणपति राधेश्याम धिमाल जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रा ज्यु लगायत नगर प्रहरी लगायत हजारौँ प्रहरी विवादित नाका नाकामा प्रहरी परीचालन गरी शान्ति सुरक्षा कायम राख्न सफल भएका हुन।


