काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताएका छन्।
प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गृहमन्त्री रमेश लेखककोबारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताए।
उनले त्यसअघि नै छानबिन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद् सुचारु हुन सहज हुने बताए।
सांसद मोदीले भिजिट भिसा प्रकरणमात्र नभइ गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानबिन समिति बनाउनुपर्ने माग गरे।

