नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्ति, बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उक्त धार्मिक कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा स्थानीय श्रद्धालु, धर्मानुरागी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले एकैसाथ हनुमान चालीसा पाठ गर्दै विपद्को यस कठिन घडीमा पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका थिए।

