विश्वका सबैभन्दा धनाढ्य एलन मस्कले अमेरिकामा आफ्नै पार्टी गठन गरेका छन्। मस्कले आफ्नो राजनीतिक दलको नाम ‘अमेरिका पार्टी’ राखेका छन्।

मस्कले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नयाँ पार्टीको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन गरिएको छ, ताकि तपाईंको स्वतन्त्रता पुन फिर्ता ल्याउन सकियोस्।’

मस्कले सामाजिक सञ्जाल एक्समा एक पब्लिक पोल गरेका थिए। जहाँ ६६ प्रतिशत मानिसले नयाँ पार्टी गठन गर्नु पर्ने राय दिएको भन्दै नयाँ पाटी गठन गरेको जानकारी दिए।

उनले भने, ‘जब कुरा अमेरिकाको वर्वाद गर्ने र भ्रष्टाचारको आउँछ अमेरिकाका दुबै पार्टी (रिपब्लिकन र डेमोक्र्याट) एकै हुन्छन्। अब देशले दुई पार्टी सिस्टमबाट मुक्ति पाउने छ।’

मस्कले ४ जुलाइमा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा एक्समा एक पोल पोस्ट गेका थिए। जसमा उनले सोधेका थिए ‘के तपाईं दुई पार्टी सिस्टमबाट मुक्ति चाहनु हुन्छ? के हामीले अमेरिका पार्टी बनाउनु पर्ने हो?’

यसको नतिजामा ६५.४ प्रतिशतले चाहिने अर्थात ‘हो’ भन्नेका थिए भने ३४.६ प्रतिशतले ‘हुन्न’ अर्थात अर्को पार्टी चाहिँदैन भन्नेमा मतदान गरेका थिए।

अमेरिकामा दुई पार्टी सिस्टम के हो?

अमेरिकाको राजनीतिमा विगत डेढ सय सालमा डेमोक्रेटिक र रिपब्लकन दूइ पार्टीको मात्र दबदबा रहँदै आएको छ। देशमा हुने राष्ट्रपतिको निर्वाचन देखी राज्यमा हुने निर्वाचनमा पनि दुबै दलको वर्चस्व रहँदै आएको छ।

दुई पार्टी सिस्टमले अमेरिकी लोकतन्त्रलाई स्थिर बनाउने विश्वास लिने गरिन्छ। डेमोक्रेटिक पार्टीको शुरुवात १८२८ मा एन्डु ज्याक्सनले सुरुवात गरेका थिए। सुरुमा यो पार्टीलाई किसान र आम जनताको पार्टीका रुपमा मानिएको थियो।

२० ‌औं शताब्दीमा यो सामाजिक कल्याण, न्यू डील जस्तो आर्थिक सुधार र नागरिक अधिकारको पैरवी गर्ने गर्थै। त्यस्तै रिपब्लिकन पार्टीले १८५४ मा दासप्रथाको विरोधमा अब्राहम लिंकन यो पार्टीको पहिलो राष्ट्रपति बने।

किन अमेरिकामा तेस्रो पार्टी सफल हुँदैन्?

अमेरिकामा कयौं पटक तेस्रो पार्टी बनाइएको छ। तर अहिले सम्म सफल हुन सकेको छैन्। १९१२ मा राष्ट्रपति थियोडोर रुजवेल्टले बुल मूस पार्टी बनाएका थिए र उनको पार्टीले ८८ इलेक्टोरल भोट पाएको थियो।

यद्यपी पार्टी अर्को चुनाव सम्म टिक्न सकेन्। १९९२ मा रोस पेरोटले १९ प्रतिशत पपुलर भोट प्राप्त गरे। फेरी पनि एउटापनि इलेक्टोरल भोट प्राप्त गर्न सकेनन्।

यी दलको फन्डिङ्ग, संगठन र मिडियामा स्थान पाउने गर्दैनन्। भोटरहरू पनि नयाँ दललाई भोट काट्ने दलका रुपमा मात्र हेर्ने गर्छन्। त्यही भएर लिबर्टेरियन या ग्रीन पार्टीहरुले राष्ट्रपति चुनावमा केवल ३-४ प्रतिशत भोटमै सिमित हुने गर्छन्।

अमेरिकामा तेस्रो पार्टी सफल नहुनुका पछि यहाँको चुनावी सिस्टम पनि हो। यो सिस्टम दुई पार्टीको ढाँचालाई सपोर्ट गर्ने खालको छ। त्यही भएर पनि तेस्रो पार्टी सफल हुँदैन।

Share