बिरगंज
वीरगञ्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिकै मङ्गलवार राति भएको कुटपिट र हत्याकाण्डमा संलग्न पाँच जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका–९ घर भई वीरगञ्ज–१० मा बस्दै आएका २० वर्षीय शिवम साह कानु (उर्फ गोल्डेन) को हत्यामा संलग्न रहेको ५ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका २४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार, मङ्गलवार राति करिब ११:३० बजे गीता मन्दिर रोडमा दसैँ मेला घुम्न गएका गोल्डेन र विपक्षी समूहबिच वादविवाद र हातपात भएको थियो। त्यस पश्चात सामुहिक रुपमा ज्यान समेत मारेका छन्।

