काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरू बिचमै छुवाछुत कायम रहेको बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बोल्दै उनले धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए।
उनले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरू कानुनको दायरामा आउन नसकेको बताए।
सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितका विरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरुमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको बताए।
समितिको बैठकमा बुधबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो।

