जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका सम्पुर्ण टिमले विभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित, लगनशिल भई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा मातहत समेतमा उत्कृष्ट ट्राफिक व्यवस्थापन, हालैमात्र आ.व. समाप्त भएको सन्दर्भमा अघिल्लो आ.व.को तुलनामा मधेश प्रदेश अन्तर्गतका ८ (आठ) वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साले उच्च अंकमा राजश्व संकलन गर्ने कार्यमा नेतृत्वदायी भुमिका, कार्यसम्पादन सम्झौतामा उल्लेखनिय लक्ष्य प्राप्ति, ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेकाले उक्त कार्यको उच्च मुल्या‌ङ्कन गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराद्धारा प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी “POLICE OF THE MONTH” घोसित हुनु भएको छ।

Share