काठमाडौँ – प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जगदम्बा स्टिल्सको भट्टीमा भएको विष्फोटबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

बुधबार राति बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टीमा विष्फोट हुँदा एक जना घाइते भएका थिए।

बारा–४ बाट निर्वाचित सांसद श्रेष्ठले उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको कारण सार्वजनिक गर्न माग गरेका छन्। साथै उनले घटनाको यकिन विवरण तत्काल सार्वजनिक गर्नसमेत माग गरेका छन्।

उनले विस्फोट भएको भट्टी पुनः सञ्चालन गर्न भइरहेका प्रयासलाई तत्काल रोक्न स्थानीय सरकार तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका  छन्।

Share