काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नन ग्रेडेड (अनुतीर्ण) भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि पुरक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशित गरेको हो। २०८१ सालको चैतमा सञ्चालन भएको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उतीर्ण) भएको बोर्डले जनाएको छ।

यसवर्षको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

Share