काठमाडौं- प्रहरी सेवामा रहेका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले राजीनामा दिएका छन्। उनी प्रहरी सहायक हवल्दार पदमा थिए।
उनी प्रहरी सेवामा छँदै क्रिकेटको राष्ट्रिय टोलीमा थिए।
१९ औँ एसियन गेम्समा टी ट्वेन्टीमा ६ वटा छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा पाएका थिए।
उनी २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका थिए।
उनी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए।

